२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

अ+ अ-

बाजुरा । बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु¥याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ ।

साँफे–मार्तडी सडकखण्डअन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउसदेखि मार्तडीको कारागार डिलसम्मको सडक बर्खाले पूर्णरूपमा क्षति पु्¥याएको थियो । बर्खामा भत्किएको सडक हिउँदयाम शुरु भइसक्दा पनि ठेकेदार कम्पनीले मर्मतमा चासो नदेखाएकाले जिल्ला भित्रिने र बाहिरिने सवारीसाधानलाई आवत–जावत गर्न जोखिम बढ्दै गहेको हुँदा प्रहरीले नै सक्रियता बढाएको हो ।

भत्किएका सडक पुनःमर्मत नहुँदा दुर्घटना हुने सम्भावना बढेकाले खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

बिहीबार बिहानैदेखि बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाट, प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुलगायत २० प्रहरीको सक्रियतामा सडकमा खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको हो । गत असारदेखि भदौ मसान्तसम्म निरन्तर परेको वर्षासँगै सडक माथिबाट खसेको पहिरोले सडक नै जोखिममा पुगेको छ । सडक निर्माण कम्पनी पिएस कन्ट्रक्सन प्रालिले सदरमुकाम मार्तडीसम्मको सडक पुनःमर्मत नगरेको हो भने बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको पक्की सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सन प्रालिका इन्चार्ज प्रेम थापाले भने मङ्सिर मसान्तभित्र एक स्काभेटरसहित पाँच टिपर लगाएर पुनःमर्मत गरिसक्ने बताए ।

वि.सं. २०५१ मा अछामको साँफेबगरबाट सदरमुकाम मार्तडीसम्मको ५७ किमी सडकको शिालान्यास गरिएको २२ वर्षपछि सदरमुकाम मार्तडीमा बस सेवा सञ्चालन भएको थियो । बाजुरावासीले सदरमुकाम मार्तडीबाटै पक्की सडकमा यात्रा गर्ने धोको गएको वैशाख महीनाबाट पूरा भए पनि बर्खाले पक्की सडक भत्काएपछि अहिले ५७ किमी सडकमध्ये करीब पाँच किमी सडकमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । रासस

प्रतिक्रिया दिनुहोस