‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना


प्रशासन विशेष ब्युरो

२० मंसिर २०७५, बिहिबार


पुरस्कार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पाएको एक करोड पुरस्कारबाट ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोषको स्थापना गरिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युनिभर्सल पिस फेडेरेसनबाट प्रधानमन्त्रीले पाएको ‘लिडरसिप एन्ड गुड गभर्मेन्स’ नामक पुरस्कारबाट कोष स्थापना गर्ने निर्णय गरेको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्त्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले पाएको पुरस्कारको कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्रीलार्इ प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबर रकम नेपाल सरकारले थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय भएको छ’ मन्त्री बाँस्कोटाले भने, -‘शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गरिने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस