२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती

अ+ अ-

भीमदत्तनगर । कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको छ ।

निर्माण कम्पनीले काम सक्नुपर्ने समयसीमा नजीक पुगिसक्दा ५० प्रतिशत काम पनि सकिएको छैन । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीले निर्माण कम्पनीको लापरवाहीका साथै कतिपय स्थानमा मुआब्जा तथा सरकारी प्रक्रियाले दू्रतगतिमा काम नभएको जनाएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा डोकेबजारदेखि–बेलौरी–बेल्डाँडी हुँदै दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी राजमार्ग निर्माण कछुवा गतिमा छ । “कञ्चनपुरको हुलाकी सडक तीन प्याकेजमा ठेक्का दिएर काम अगाडि बढाइएको थियो,” हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इञ्जिनीयर पदमबहादुर मडैले भने, “कम्पनीको काम भने सन्तोषजनक छैन ।”

समयमै काम सक्न पटक÷पटक आग्रह गर्दै आएको मडै बताउँछन् । तीनवटै प्याकेज २०७३ फागुनमा ठेक्का सम्झौता भएको हो । कालोपत्रे हुन नसके पनि धेरै ठाउँमा माटो भरानदेखि ग्राभेल बिछ्याउने काम भएको छ । डोकेबजारदेखि बेलौरीसम्मको २० किमी र बेल्डाडीदेखि दैजीसम्मको २२ किमी हुलाकी राजमार्ग निर्माणको जिम्मा शर्मा राजेन्द्र जेभीले पाएको छ भने बीचभागमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किमी निर्माणको जिम्मा रु ४१ करोड ७६ लाख ६३ हजारमा बाबा–हंश– सिद्धीसाइ जेभीले पाएको मडैले जानकारी दिए ।

“शर्मा–राजेन्द्र जेभीले २६ प्रतिशत मात्रै काम गरेको पाइयो”, इञ्जिनीयर मडैले रासससित भने, “बाबा–हंश–सिद्धीसाइ जेभीले ४८ प्रतिशत काम गरेको छ ।” डोकेबजारदेखि बेलौरीसम्मको २० किमी सडक रु ३३ करोड २ लाख ५२ हजारमा २०७६ साउन मसान्तसम्म सक्ने गरी सम्झौता भएको हो । बेलौरीदेखि बेल्डाँडीसम्मको २० किमी सडकको लागत रु ४१ करोड ७६ लाख ६३ हजार रहेको छ भने बेल्डाँडीदेखि दैजीसम्मको २२ किमी सडकको लागत रु ४० करोड २६ लाख ५९ हजार रहेको छ ।

“काम सक्नुपर्ने मिति नजिँकिदा समेत आधा काम बाँकी नै छ”, मडैले भने, “बेल्डाँडीदेखि दैजीसम्मको प्याकेजमा शुक्लाफाँटा निकुञ्ज पर्ने भएकाले प्रक्रियाका कारण ढिलाइ हुनपुग्यो ।” निर्माणमा भइरहेको ढिलाइका कारण दक्षिणी क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको छ । सडक नबन्दा वर्षात्मा हिलो र गर्मीमा धुलोको समस्या व्यहोर्नुपरेको बेलौरीका रामजनम चौधरीले दुखेसो पोखे । कम्पनीले काम गरेको रकम लिइसकेका छन । बेलौरीकै स्थानीयवासी पल्लवराज भट्टले निर्माण कम्पनीले आफ्नो मुनाफा हेरेर काम गरिरहेको आरोप लगाए । “ठेकेदारले आफ्नो फाइदा हेर्ने र म्याद थप्दै गएका कारणले काममा ढिलाइ भएको हो”, उनले भने, “सडकको काम सम्पन्न नुहँदा धुलो र हिलोले समस्या भएको छ ।”

हुलाकी सडक निर्माणमा ढिलासुस्ती नगर्न सो क्षेत्रबाट निर्वाचित सांसदहरुले ताकेता गर्दै आएका छन् । “रकमका कारण काममा ढिलाइ भएको होइन”, मडैले भने, “उक्त सडकका लागि आएको रकम मौज्दात छ ।”

कैलालीमा निर्माण भइरहेको हुलाकी राजमार्गको अवस्था पनि कञ्चनपुरकै जस्तै छ । वि.सं. २०७३ फागुनमै निर्माण सम्झौता भएको कैलालीको शक्तिदेखि कटनी नदीसम्मको १८ किमी हुलाकी राजमार्गको काम हालसम्म ३० प्रतिशत मात्रै भएको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । उक्त निर्माणको समयावधि आगामी फागुन मसान्तसम्म मात्र छ । ३१ करोड ६१ लाख ६ हजारमा टुण्डी–प्रेरा चन्द्रा एण्ड बसन्ता जेभीले सो काम गर्ने जिम्मा पाएको हो ।

“करीब दुई किमी बसन्ता करिडोरमा रुख कटानको प्रक्रियाका कारण पनि कामले गति लिन सकेन,” इञ्जिनियर मडैले भने, “कान्द्रा नदीमा सामान ढुवानी गर्दाको समस्याले पनि ढिलाइ भएको हो ।” त्यसैगरी धनगढीस्थित क्याम्पस रोडदेखि मोहना नदीसम्मको साढे छ किमी हुलाकी सडकको ठेक्का सम्झौता भए पनि कामको शुरुआत हुनसकेको छैन । गत वर्ष चैतमा रु २३ करोडमा उक्त सडक निर्माणको जिम्मा रमन÷केएस जेभीले पाएको थियो । “स्थानीयले सडक पायक पर्ने ठाउँमा नभएको र अन्यत्र सानुपर्ने माग गर्दै अदालतमा मुद्दा हालेपछि काम शुरु गर्न सकिएन”, मडैले भने, “स्थानीयको असन्तुष्टिका कारण उक्त खण्ड निर्माणमा समस्या भएको छ ।”

धनगढी क्याम्पस चोकदेखि कटनी नदीसम्मको ३५ किमी हुलाकी राजमार्ग यसअघि भारतको सहयोगमा निर्माण भइसकेको छ । लम्कीदेखि खङ्ग्रौलासम्मको २७ किमी र शक्तिदेखि भजनीसम्मको आठ किमी सडकसमेत भारतकै सहयोगमा निर्माण भइसकेको छ । “भारतको सहयोगमा निर्माण गरिएका सडकको चौडाइ कम हुनुका साथै मर्मतका लागि पनि हामीले आवश्यक बजेट हुलाकी राजमार्ग आयोजना निर्देशनालयसित माग गरेका छौँ”, मडैले भने, “अहिले सात मिटर चौडाइका सडक बन्नदैछन् । भारतले त्यो बेला करीब पाँच मिटर चौडाइका सडक निर्माण गरेको थियो ।”

प्रतिक्रिया दिनुहोस