स्थायी कमिटीलाई छल्न खोजिएको भन्दै नेकपामा विवाद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थायी कमिटीलाई छल्न खोजिएको भन्दै नेकपामा विवाद


१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको छ ।

प्रदेश कमिटीलाई पूर्णता दिने क्रममा स्थायी कमिटीलाई छल्न खोजिएको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गर्दा विवाद उत्पन्न भएको हो ।

सोमबार सातै प्रदेशका सदस्यहरुको नामावली सार्वजनिक भएको थियो ।

स्थायी कमिटीमा प्रदेश कमिटी सदस्यहरुको नाम प्रस्ताव गर्ने र स्थायी कमिटीले छलफल गरेर निर्णय गर्नुपर्नेमा सचिवालयलाई नै कार्यकारी बनाउन खोजिएको नेताहरुले बताएका छन् ।

स्थायी कमिटी बैठक भने अझैसम्म अनिश्चित भएको छ । विधानअनुसार ३ महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक ५ महिनादेखि बस्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस