प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ : मुख्यमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ : मुख्यमन्त्री


१८ मंसिर २०७५, मंगलबार


इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताएका छन् ।

मन्त्रिपरिषद्मा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उनले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिएका छन् ।

किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५औँ जन्मोत्सवका अवसरमा आज यहाँस्थित माङसेबुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनका बेला प्रस्ताव लगिने जानकारी दिए ।

उनले स्थायी राजधानी र प्रदेशको नामाकरणका बारेमा छलफल गरेको बताए । “आगामी हिउँदे अधिवेशनमा सरकारले यस सम्बन्धी प्रस्ताव लाने तयारी गरेको छ ।”

योजना तथा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले आत्मनन्द लिङ्देन देशकै गहना भएको बताए ।

माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले किराँत धर्मका विविध पक्षमाथि प्रकाश पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस