शेयर मूल्यमा वृद्धि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शेयर मूल्यमा वृद्धि


१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.२७ विन्दुले बढेर एक हजार १४२.०१बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६७ विन्दुले बढेर २४२.९३ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर रु ३८ करोड २६ लाख ५९ हजार ६७ मूल्यमा खरीद बिक्री भएको छ । विकास बैंक उपसमूहले नेतृत्व गरेपछि आज बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

कारोवार भएका कूल दश उपसमूहमध्ये व्यापार र होटल उपसमूहको शेयर घटेको छ । व्यापार ०.५१ र होटल ३.८१ विन्दुले घटेको छ । यस्तै बैंकिङ सात दशमलव २२, विकास बैंक ३२.०२, जलविद्युत् ७.४४, वित्त २.५२, निर्जीवन बीमा १५.११, अन्य १८.६९, माइक्रोफाइनान्स ७.४५ र जीवन बीमा २०.०१ विन्दुले बढेको छ ।

स्टकका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, स्वदेशी लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सनराइज बैंक लिमिटेडका शेयरधनीले कमाएका छन् । महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस