सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजियो : नेता पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजियो : नेता पौडेल


१७ मंसिर २०७५, सोमबार


पर्वत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको बताएका छन् ।

दक्षिण पर्वतको पैयूँ गाउँपालिकास्थित हुवासमा आज आयोजित शहीद स्मृतिसभामा बोल्दै उनले भने,‘जनतामा लोकप्रिय हुन्छ भन्ने डरले सरकारलाई प्रतिपक्षले घेराबन्दीमा पार्न खोजिएको छ ।’

नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल र विजय गुरुङले पार्टीको निर्णय र सङ्गठनको मर्म बमोजिम नै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस