‘कथा ७२’ को नेपाल प्रिमियर किम्फमा (भिडियो) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘कथा ७२’ को नेपाल प्रिमियर किम्फमा (भिडियो)


१७ मंसिर २०७५, सोमबार


काठमाडौं । नेपाली मौलिक चलचित्र ‘कथा ७२’ को नेपाल प्रिमियर अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा हुने भएको छ । देशबाहिरका विभिन्न चार चलचित्र महोत्सवहरुमा प्रदर्शन भइसकेको ‘कथा ७२’ किम्फको यस वर्षको संस्करणको नेपाल प्यानोरमा अन्तर्गत छनौट भएसँगै मंसिर २२ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहको सिटी हलमा प्रिमियर हुने भएको हो ।

‘कथा ७२’ ले काठमाडौंसँगै काठमाडौंबाहिर पनि प्रिमियर गर्ने भएको छ । चलचित्रको पश्चिम प्रिमियर बुटवलको भ्यू सिनेमा हलमा मंसिर २४ गते र पूर्व प्रिमियर इटहरीको इलाइट सिनेमा हलमा २६ गते हुँदैछ । मंसिर २८ शुक्रबारबाट देशैभरको सिनेमा हलहरुमा ‘कथा ७२’ प्रदर्शन हुँदैछ ।

‘हाम्रो भूगोल, हाम्रो कथा’ भन्ने अभियानका साथ २०७२ को महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि ‘कथा ७२’ बनाइएको हो । जसलाई प्रवीण स्याङ्बोले लेखन तथा निर्देशन गरेका हुन् भने ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् । ‘कथा ७२’ मा रंगमञ्चमा अभिनयको पृष्ठभूमी बनाएका कलाकारहरु आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ ।

लोकल सिनेमा प्रा.लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा चलचित्रको निर्माण भएको हो । ‘कथा ७२’ सियाटल इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिका, डर्वन इन्टरनेशनल फिल्म फेस्टिभल–दक्षिण अफ्रिका, सिकागो इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिका, हानोइ इन्टरनेशनल फिल्म फेस्टिभल–भियतनाममा प्रदर्शन भइसकेको छ ।

चलचित्रको प्रतिकात्मक गीत नेपाल प्रिमियरसँगै मंसिर २२ मा युट्युव रिलिज गर्दैछ ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस