लागूऔषधसहित तीन पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लागूऔषधसहित तीन पक्राउ


१७ मंसिर २०७५, सोमबार


काठमाडौं । प्रहरीले प्रतिवन्धित लागूऔषध ईन्जेक्सनसहित तीनजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका –१६ नगवा चोकस्थित सडक खण्डबाट भारतबाट वीरगञ्जतर्फ आईरहेको ना५४प९३८६ नं.को मोटरसाइकलमा सवार दुई जनालाई ईलाका प्रहरी कार्यालय नगवाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –२४ रामगढ बस्ने २० वर्षीय उदय साह तेली नाम गरको ओम साह तेली र सोही ठाउँ बस्ने १८ वर्षीय ज्याउल अंसारी छन् ।

उनीहरुको साथबाट प्रहरीले लागू औषध ईन्जेक्सन डाईजेल्याव ५०० पिस, फेनारगन ५०० पिस र नुर्फिन ५०० पिस बरामद गरेको छ ।

यस्तै लागूऔषध नाईट्रोभेट ट्याबलेट ३०० पिससहित मकवानपुर हेटौंडा उपमहानगरपालिका –४ का ४२ वर्षीया विजय परियार पक्राउ परेका छन् ।

उनलाई भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा रजतजयन्ति सडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागूऔषध र मोटरसाइकलसहित सबैलाई जिल्ला प्रहरीकार्यालय पर्सामा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस