२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री स्व. कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता भएको बताएका छन् ।

काठमाडौंमा आज ‘कीर्तिनिधि विष्ट प्रखर राष्ट्रवादी नेता’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले विष्टले आफ्नो कार्यकालमा राष्ट्रवादी चरित्र प्रस्तुत गरेको टिप्पणी गरे । “तत्कालिन समयमा नेपालको उत्तर सीमामा रहेका भारतीय चेकपोस्ट हटाउने निर्णय गरेर विष्टले देशभक्तिको सन्देश दिएका थिऐ,” प्रधानमन्त्री ओलीले भने, “चेकपोस्ट हटाएपछि मलाई लाग्यो प्रधानमन्त्रीले चाह्यो भने देशका लागि उभिन सक्दो रहेछ, मुख्य पक्ष देश बनाउने सोचको आवश्यकता रहेछ ।”

उनले विष्टले नैतिकताको राजनीति गरेकोसमेत उल्लेख गरे । “पदका लागि जे पनि गर्न तयार होइन, उनी देशका लागि पद छाड्न तयार हुन्थे,” प्रधानमन्त्री ओलीले स्मरण गरुे, “उहाँ र मेरो बाटो फरक भए पनि देशभक्तिको भावना एउटै थियो, त्यस्तो देशभक्तिको भावना पञ्चायत कालमा कीर्तिनिधि विष्टले देखाएको छ ।” सिंहदरवारमा आगलागी हुँदा तत्कालिन प्रधानमन्त्री विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

पुत्र विनोद विष्टद्वारा लिखित पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री ओलीले विष्टलाई २०२६ सालतिर झापाको घैलाडुब्बा स्कुलमा भेटेकोसमेत स्मरण गरे । “त्यस कार्यक्रममा मैले स्वागत भाषण गरेको थिएँ,” उनले भने, “उनको विद्वता, अभिव्यक्ति, जिउडाल, उचाई, भावना र दृढता प्रधानमन्त्रीकोजस्तै थियो ।’ आफूले भेटेको पहिलो प्रधानमन्त्री कीर्तिनिधि विष्ट भएकोसमेत प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस