३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने

अ+ अ-

ललितपुर । जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास निर्माणका काम अघि बढ्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ललितपुरले आज लगनखेलमा आयोजना गरेको ‘विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यका असर र चुनौती’ विषयको अन्तर्क्रियामा उनीहरुले जनसहभागितामा जोड दिएका हुन् ।

महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले सार्वजनिक सुनुवाइ र सरोकारवालासँगको छलफलका आधारमा आफूले कार्यक्रम अघि बढाइरहेको बताइन् । नगरवासीले खानेपानी र सडक निर्माण चाँडो होस् भन्ने चाहेका छन् । उनले भने, “हामीले यिनै क्षेत्रमा कामलाई तीव्रता दिएका छौँ ।”

कोञ्जेसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले गाउँपालिकाले स्थानीयवासीको आर्थिकस्तर उकास्नका लागि गुरुयोजना निर्माणमा लागेको बताए । जिल्लाका छ तहमध्ये यस गाउँपालिकामा निजी आवास निर्माण तीव्र छ । उनले भने, “हामीले वडाका प्रतिनिधिलाई खटाएर जनताका पुनःनिर्माणका क्रममा आएका समस्या समाधान गरिरहेका छौँ ।” ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले वडावडामा टोल सुधार समितिसँग सल्लाह गरेरै योजना बनाइएको बताए ।

वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले जनप्रतिनिधि मात्रै नभएर त्यस ठाउँको विकास सबैको सरोकार हुनुपर्नेमा जोड दिए । कोञ्जेसोम गाउँपालिाका प्रवक्ता सुमेन्द्र तामाङले पहिले एउटा सिफारिशका लागिसमेत सचिव खोज्दै लगनखेल आउनुपर्नेमा अहिले जनप्रतिनिधि गाउँमा बसेर काम गरिरहेको बताए ।

गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले राजधानीको जिल्ला भएकाले ललितपुरमा धेरै परियोजना नआएको बताए । ललितपुर बार एशोसिएशनका अध्यक्ष दीपक विष्टले स्थानीय निकायले एउटै कामका लागि धेरै वर्षसम्म बजेट विनियोजन गरेर कार्यकर्ता पालेको आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस