काठमाडौंमा ८ वर्षीय बालकको अपहरणपछि हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंमा ८ वर्षीय बालकको अपहरणपछि हत्या


१३ मंसिर २०७५, बिहिबार


काठमाडौं । गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउसका सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको हत्या भएको छ ।

बालक प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । बालकको शव मैपीको पुलमुनि फेला पारको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा मृतक कुँवरका बुबाको गाडी चलाउने चालक महेन्द्र सार्कीलाई नियन्त्रणमा लिइएको छ।

बालक प्रयास गत मंगलबारदेखि हराएका थिए । प्रयास गेस्ट हाउसबाटै हराएको जानकारी परिवारबाट मिलेपछि प्रहरीले खोजीकार्य तीव्र बनाएको थियो।

 

प्रतिक्रिया दिनुहोस