स्वास्थ्य राज्यमन्त्री डा. यादवद्वारा आकस्मिक निरीक्षण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य राज्यमन्त्री डा. यादवद्वारा आकस्मिक निरीक्षण


१२ मंसिर २०७५, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मन्त्रालय मातहतका निकायबाट भइरहेका सेवा प्रवाहका बारेमा आकस्मिक अनुगमन तथा निरीक्षण कार्य अगाडि बढाएका छन् ।

यसक्रमा आज उनले स्वास्थ्य सेवा विभाग टेकुअन्तर्गतका विभिन्न महाशाखाको आकस्मिक निरीक्षण गरेका थिए । “निरीक्षणका क्रममा यहाँ कर्मचारीको उपस्थिति अत्यन्त न्यून देखियो, काजमा खटिएका कर्मचारीले आफ्नो विवरण हाजिरी पुस्तिकामा नजनाइको, कतिपयले हाजिरसम्म नगरेको पाइयो”, निरीक्षणपछि उनले भने ।

राज्यमन्त्री डा. यादवले स्वास्थ्य सेवामा आवश्यक जनशक्ति, उपकरण तथा औषधि अभाव हुन नदिने मन्त्रालयको प्राथमिकता भएको स्पष्ट पार्दैे नयाँ ढङ्गबाट कार्यसम्पादन तथा सेवा प्रवाह जरुरी रहेकामा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस