२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा ओझा

अ+ अ-

डोटी । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा सर्वसम्मत चयन भएका छन् ।

महासंघको मंगलबार र बुधवार दुई दिनसम्म डोटीको बुडरमा आयोजित सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् । अधिवेशन बाटै उपाध्यक्षमा मालिकार्जुन गाउँपालिका दार्चुलाका पुष्पा अवस्थी, सचिवमा मालिकार्जुन गाउँपालिका दार्चुलाका नरेन्द्र धामी, कोषाध्यक्षमा रामारोशन गाउँपालिका अछामका सरस्वती रावल र सहसचिवमा छेडेदह बाजुराका कुन्ती साउँद बुढा चयन भएका हुन् ।

त्यस्तै अन्य सदस्यहरुमा तत्कालीन छबिस पाथीभरा बझाङका अक्कलबहादुर धामी, गौमूल बाजुराका हरिबहादुर रोकाया, नवदुर्गा डडेलधुराका कविन्द्र विष्ट, बेल्डाँडी कञ्चनपुरका कमला कार्की र सुर्नाया बैतडीका लीला विष्ट, जोशीपुर कैलालीका गीता कडरिया, बान्नीगढी–जयगढ अछामका राजेन्द्र खड्का र सिगास बैतडीका द्रौपदी चन्द, कैलारी कैलालीका लक्ष्मी सत्गौवा रहेका छन् ।

अध्यक्ष र उपाध्यक्ष तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन त्यस्तै गरी सचिव र सह सचिवमा नेपाली काँग्रेसबाट निर्वाचित र कोषाध्यक्षमा तत्कालीन नेकपा माओवादीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधि रहेका छन् । त्यसै गरी सदस्यहरूमा तत्कालीन नेकपा ऐमालेबाट ५ जना नेपाली काँग्रेस बाट ३ जना र तत्कालीन माओवादी बाट १ जना जनप्रतिनिधि रहेका छन् ।

स्थानीय तहको अर्को निर्वाचन नभएसम्म कार्यकाल रहने गरी महासंघको प्रदेश स्तरीय नयाँ कार्य समिति चयन भएको हो । महासंघको प्रथम अधिवेशनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार एक कार्यक्रमबिच उद्घाटन गरेका थिए ।