सामाजिक सुरक्षा योजनाबाट मजदुरमा खुशीयाली « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सामाजिक सुरक्षा योजनाबाट मजदुरमा खुशीयाली


प्रशासन संवाददाता

१२ मंसिर २०७५, बुधबार


सामाजिक सुरक्षा

गलेश्वर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरले खुशीयाली मनाएका छन् । निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरलाई लक्षित गरेर ल्याइएको उक्त योजनाको यहाँ मजदुरले दीप प्रज्ज्वलन गरेर स्वागत गरेका हुन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र क्युपेक म्याग्दीको अगुवाइमा सदरमुकाम बेनीबजारस्थित क्याम्पसचोकमा जम्मा भएका मजदुरले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५ को स्वागत गर्दछौँ’ भन्ने लेखी मैनबत्ती बालेका थिए ।
जिफन्टका जिल्ला अध्यक्ष बलादेवी राईले मजदुरका तर्फबाट सामाजिक सुरक्षा ऐन ल्याउन ठूलो संर्घष गर्नुपरेकामा सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएर मजदुरको हित गरेको बताउँदै अझै पनि सङ्गठित क्षेत्रबाहेक अन्यत्र धेरै मजदुर समस्यामा रहेकाले उक्त ऐन प्रभावकारी रूपमा कार्यान्वयन गराउन पहल गर्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस