निजी कलेजको सम्बन्धन खारेज गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजी कलेजको सम्बन्धन खारेज गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)


प्रशासन संवाददाता

११ मंसिर २०७५, मंगलबार


काठमाडौं । अनेरास्ववियुले निजी कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय विपरीति आर्थिक चलखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निजी कलेजहरुलाई सम्बन्धन दिलाएको भन्दै अनेरास्ववियुका नेताहरु त्यसको विरुद्धमा उत्रिएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरी अवैधानिक रुपमा दिइएको सम्बन्धन तत्काल खारेज नगरे संसदीय समिति र अख्तियारमा समेत जानकारी गराउने चेतावनी दिएका छन् । सम्भाव्यता नगरी, पर्याप्त पूर्वाधार बिनै, प्राविधिक जनशक्ति नभएका निजी कलेजलाई आर्थिक चलखेल गरी सम्बन्धन दिइएको उनीहरुको आरोप छ ।

गत साउन दोस्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले निजी क्याम्पसलाई सम्बन्धन नदिने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयले ११६ निजी कलेजलाई सम्बन्धन दिएको छ ।

विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस