भावी प्रधानन्यायाधीशका लागि जोशी र राणा सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भावी प्रधानन्यायाधीशका लागि जोशी र राणा सिफारिस


प्रशासन संवाददाता

११ मंसिर २०७५, मंगलबार


काठमाडौं । न्याय परिषदले प्रधानन्यायाधीशमा दीपकराज जोशी र चोलेन्द्र शमशेर जबाराको नाम सिफारिस गरेको छ।

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले जोशी र शमशेरको नाम संवैधानिक परिषदमा पठाएका हुन्। जोशीको नाम कैफियतमा राखेर सिफारिस गरिएको छ।

संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका तीन जना न्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएपनि तीनवर्षे कार्यभार पूरा गरेका दुई जना न्यायाधीश मात्रै भएको कारण दुई जनाको मात्रै सिफारिस गरिएको हो।

जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय विशेष सुनुवाइ समितिले अस्वीकार गरेपछि प्रधानन्यायाधिश हुनबाट रोकिएका थिए । जोशीको सिफारिसमा पनि उनी अस्वीकृत भई पुनः सर्वोच्चमै न्यायाधीशमा कार्यरत रहेको उल्लेख गरिएको छ।

हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ गतेबाट अवकास पाउँदै छन्।

प्रधानन्यायाधीको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै भावी प्रधानन्यायाधीको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार नाम पठाईएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस