२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हनुमन्ते करिडोर शिलान्यास (फोटो फिचर)

अ+ अ-

भक्तपुर । भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ ।

सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गरे । पहिलो चरणमा २ किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको अधिकार सम्पन्न बागमती आयोजनाका प्रमुख आशिष घिमिरेले जानकारी दिए ।

हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै गएकाले सो क्षेत्रको खोलाको चौडाइ फराकिलो बनाइ करिडोर निर्माणकार्य शुरु गरिएको आयोजनाले जनाएको छ । बागमती नदीको सहायक नदीका रुपमा बहने हनुमन्ते खोलाले वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले २ किमि नदी क्षेत्रमा करिडोर निर्माण शुरु गरेको हो । भक्तपुरका चारवटै नगरपालिका चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्र भएर बग्ने हनुमन्ते नदीको कूल लम्बाइ नौ किमि छ । त्यसपछि यो नदी बागमतीमा मिसिन्छ ।

आयोजना प्रमुख घिमिरेले करिडोर निर्माणका लागि हनुमन्ते नदीलाई चार भागमा विभाजन गरी करिडोर निर्माणको प्याकेज तयार गरिएको र पहिलोचरणमा दुई किमि नदी क्षेत्रमा काम शुरु गरिएको जानकारी दिए । करिडोर निर्माण अन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने छ । आगामी दुई वर्षभित्रमा हनुमन्ते करिडोर निर्माण गरिसक्ने आयोजनाको लक्ष्य रहेको छ ।

सो अवसरमा सांसद बस्नेतले आगामी दुई वर्षभित्र करिडोर निर्माण सम्पन्न गर्ने बताउँदै भक्तपुरलाई सवारी चापमुक्त बनाउने र हनुमन्तेको पानी बस्तीमा पस्नबाट रोकिने बताए । अब हनुमन्ते ढल नदीमा मिसाए कडा कारवाही गरिने बताउँदै उनले भक्तपुरको विकासलाई अब कसैले रोक्न नसक्ने दाबी गरे ।

भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले हनुमन्ते करिडोर निर्माणले भक्तपुरको विकासमा नयाँ खुट्किलो थपिएको बताए । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनप्रतिनिधि आएपछि भक्तपुरको विकासले फड्को मारेको बताउँदै आगामी चार वर्षभित्र भक्तपुरको गाउँ गाउँको मुहार फेरिने दावी गरे ।

नेपाली काङ्ग्रेस भक्तपुरका युवा नेता अष्टकुमार कबेले भक्तपुरको विकासमा कुनै दल वा पार्टी भनेर विभाजित नभइ सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यस अवसरमा मध्यपुरथिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले विकासमा कुनै समस्या आएमा सबै मिलेर छलफल र वार्ता गरी समाधान गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस