घरमा विषादी राख्दा २१ महीने बालकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घरमा विषादी राख्दा २१ महीने बालकको मृत्यु


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


बालक

तनहुं । घरमा विषादी राख्दा लमजुङमा एक दम्पतीले अकालमा २१ महीनाको बालक गुमाउएका छन् ।

मृत्यु हुनेमा क्होलासोथार गाउँपालिका– ९ स्थित साल्मे निवासी किसान विकका छोरा पशुपति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार पशुपतिका बाबु पक्षाघातले ग्रसित भई सुतिरहेका र आमा शान्ति काममा गएका बेला बालकले उक्त विषादीको पोका खाँदा बेहोस भई उपचारका लागि नजीकैको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दमौली अस्पतालमा आज शवपरीक्षण गरी आफन्तजनलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस