लागुऔषधसहित दुई पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

लागुऔषधसहित दुई पक्राउ


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


चितवन , भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध र कारोवारबाट सङ्कलित रकम बरामद गरिएको जनाएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार उनीहरूको साथबाट २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन र फेनारगन बरामद गरिएको हो । त्यसैगरी रु ५ लाख ८० हजार १८० नगदसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मङ्सिर ७ गते साँझ अबेर नियन्त्रणमा लिइएको थियो । निजहरूले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागुऔषध खरीद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद, लागुऔषध बिक्री गरी आर्जन गरेको स्वीकार गरेको रेग्मीले बताए ।
पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस