७ सय ३३ जनालाई नागरिकता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७ सय ३३ जनालाई नागरिकता


९ मंसिर २०७५, आइतबार


डोटी । डोटीको बोगटान गाउँपालिकामा संचालन गरिएको एकीकृत घुम्ती सेवा शिविरमा सात सय ३३ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् ।

बोगटान गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा शुक्रबार देखि संचालन गरिएको एकिकृत घुम्ती शिविरमा ठूलो परिणाममा नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्नुका साथै अन्य सेवाहरु पनि उपलब्ध गरिएको बोगटान गाउँपालिकाको कार्यालयले जनाएको छ ।

शिविरमा ४ सयजनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । त्यसै गरी एक सय ३१ जनाको स्वास्थ्य उपचार तथा चेकजाँच, दुई सय २५ पशु सेवा सम्बन्धिका सेवाहरु प्रदान गरिएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।

जनताको घर दैलोमा सरकारको उपस्थिती गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ मंसिर ७ र ८ गतेका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको चाप धेरै भएपछि ९ गतेका लागि पनि थप गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी एवंम शिविर संयोजक टेकनारायण पौड्यालले बताए । उनले भने, “ग्रामीण क्षेत्रमा सेवा शिविर संचालन गर्दा सेवाग्राहीहरुलाई प्रत्यक्ष रुपमा लाभ प्राप्त हुन्छ ।

आगामी दिनमा पनि स्थानीय तहहरुसंग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकिकृत घुम्ती शिविर संंचालन गर्न सकिनेछ ।” जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार जिल्लाका ग्रामिण भेगमा संचालन गरिएका शिविर मध्येमा सबैभन्दा बढी नागरिकता बितरण गरिएको समेत संयोजक पौडेलले बताए ।

बोगटान गाउँपालिका वडा नं. ४ सात्फरीका ७० बर्षीय भिम दमाईलाई प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले नेपाली नागरिकताको प्रमाण पत्र हस्तान्तर गर्र्दै शुरु भएको शिविर ३ दिन सम्म गाउँपालिकाको कार्यालयमा संचालन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच सहकार्य गरेर डोटीमा पहिलो पटक एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस