२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ हजारलाई ट्राफिक शिक्षा

अ+ अ-

कावासोती । सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ ।

पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका घटनामा कमी आउन नसकेपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले उक्त शिक्षालाई जोड दिएको हो । कार्यालयले राजमार्गसहित विभिन्न स्थानमा एक वर्षको अवधिमा सञ्चालन गरेको उक्त शिक्षाबाट नौ हजार व्यक्ति लाभान्वित भएको ट्राफिक प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार सवारी चालक दुई हजार ९००, पैदलयात्रु दुई हजार र विद्यार्थी चार हजार १०० गरी नौ हजारलाई ट्राफिक शिक्षा प्रदान गरिएको छ । सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराका साथै ट्राफिक नियमजस्ता जनचेतनामूलक शिक्षा प्रदान गरिएको उनको भनाइ थियो ।

नवलपुरमा वि.सं. २०७४ पुसदेखि २०७५ मङ्सिरसम्म भएका १६२ सवारी दुर्घटनामा परी १०२ जनाले ज्यान गुमाइसकेका र गत कात्तिक महीनामा मात्र सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए । चालकको लापरवाहीकै कारण धेरै दुर्घटना हुने भएकाले चालकलाई लक्षित गरी उक्त शिक्षा प्रदान गरिएको थियो ।विद्यार्थीमार्फत घरघरमा ट्राफिक नियमका सन्देश प्रवाह हुने भएकाले विभिन्न विद्यालयमा पुगी उक्त शिक्षा सञ्चालन गरिएको प्रमुख शाहीले बताए । रासस