शरीर जोडिएका जुम्ल्याहा बालिकाको मुटु र कलेजो पनि एउटै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शरीर जोडिएका जुम्ल्याहा बालिकाको मुटु र कलेजो पनि एउटै


प्रशासन संवाददाता

७ मंसिर २०७५, शुक्रबार


सुर्खेत । सुर्खेतमा जन्मिएका जुम्ल्याहा बालिकाको मुटु र कलेजो पनि एउटै भएको पाइएको छ ।

छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई आइतवार शल्यक्रिया गरी निकालिएको थियो । जुम्ल्याहा छोरीहरुको मुटु र कलेजो पनि एउटै भएको पुष्टी भएको प्रदेश अस्पतालले जनाएको छ । प्रदेश अस्पताल वीरेन्द्रनगरमा कालिकोटको राष्कोट नगरपालिकाका ५ कि ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिएकी थिइन् ।

भिडियो एक्सरे गर्दा उनीहरुको मुटु र कलेजो एउटै रहेको अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीले बताए । उनले अब बालिकाहरुको शल्यक्रिया गरेर शरीर छुट्याउने सम्भावना कम भएको पनि बताए ।

अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीका अनुसार मुटु फरक फरक भएको भए, शल्यक्रिया गरेर शरीर छुटाउने सम्भावना हुन्थ्यो, एउटै भएकोले त्यो सम्भावना अव छैन भन्दा पनि हुन्छ । एउटै मुटु भएकाले श्वासप्रवास बढेको छ । आईसीयुमा राखेर उपचार गरिहरेका छौँ ।

यो विश्वकै दुर्लभ समस्या हो उनले भने, भ्रुणबाट छुटिने वेला छुटिएन भने यस्तो समस्या आउँछ । दुई तीन/लाख बच्चा जन्मदा एक जनामा यस्तो समस्या देखिन्छ । गर्भवती भएपछि नियमित गर्भ चेकजाँच नगर्दा यस्तो समस्या देखिने गरेको डाक्टर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस