डडेलधुरा बस दुर्घटना : मृतकको स‌ंख्या १८ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डडेलधुरा बस दुर्घटना : मृतकको स‌ंख्या १८ पुग्यो


७ मंसिर २०७५, शुक्रबार


डडेल्धुरा । डोटी–डडेलधुरा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

मृत्यु हुने मध्ये १६ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा डडेलधुरा नवदुर्गा–३ का २२ वर्षीय चक्रबहादुर धामी, डडेलधुरा गन्यापधुरा–३ का माया रावत, डोटी दिपायल सिलगढी नगरपालिका–४ का शशी विक, शिखर नगरपालिका–११ का गोपा भाट र उनका श्रीमान् शंकर जोरा, शिखर–८ का ४० वर्षीय कैलाश राव, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, शिखर–१० का १६ वर्षीय रोहित बलायर, कैलाली गोदावरी–१० का २३ वर्षीय पुरन कठायत, डडेलधुरा नवदुर्गा–३ चौपालका २० वर्षीय तिलक खाती, सोही गाउँका १७ वर्षीय टेक धामी, गोदावरी–२ बस्ने २१ वर्षीय केशव कठायत, गोदावरी–१० का २० वर्षीय शारदा कठायत, डोटी शिखर–११ का २२ वर्षीय योगेन्द्र बोहरा, शिखर–८ बस्ने २२ वर्षीया शारदा रावत, धनगढी उपमहानपा ११ का २८ वर्षीय नारायण चौधरी रहेका छन् ।

बसमा ४६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

उग्रतारा जात्राबाट फर्कँदै गरेको से १ क २९३ नम्बरको स्कुल बस सडक देखि ३ सय मिटर तल खसेको हो । डोटीको शिखर नगरपालिका बान्डुग्रीसैनमा रहेको पिसजोन एकेडमीको बस डडेल्धुराको उग्रतारा मन्दिरमा बिहीबार जात्रामा सहभागी भएर फर्कंदै गरको अवस्थामा दुर्घटना भएको हो । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस