२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेलधुरा बस दुर्घटना : मृतकको स‌ंख्या १८ पुग्यो

अ+ अ-

डडेल्धुरा । डोटी–डडेलधुरा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

मृत्यु हुने मध्ये १६ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा डडेलधुरा नवदुर्गा–३ का २२ वर्षीय चक्रबहादुर धामी, डडेलधुरा गन्यापधुरा–३ का माया रावत, डोटी दिपायल सिलगढी नगरपालिका–४ का शशी विक, शिखर नगरपालिका–११ का गोपा भाट र उनका श्रीमान् शंकर जोरा, शिखर–८ का ४० वर्षीय कैलाश राव, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, शिखर–१० का १६ वर्षीय रोहित बलायर, कैलाली गोदावरी–१० का २३ वर्षीय पुरन कठायत, डडेलधुरा नवदुर्गा–३ चौपालका २० वर्षीय तिलक खाती, सोही गाउँका १७ वर्षीय टेक धामी, गोदावरी–२ बस्ने २१ वर्षीय केशव कठायत, गोदावरी–१० का २० वर्षीय शारदा कठायत, डोटी शिखर–११ का २२ वर्षीय योगेन्द्र बोहरा, शिखर–८ बस्ने २२ वर्षीया शारदा रावत, धनगढी उपमहानपा ११ का २८ वर्षीय नारायण चौधरी रहेका छन् ।

बसमा ४६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

उग्रतारा जात्राबाट फर्कँदै गरेको से १ क २९३ नम्बरको स्कुल बस सडक देखि ३ सय मिटर तल खसेको हो । डोटीको शिखर नगरपालिका बान्डुग्रीसैनमा रहेको पिसजोन एकेडमीको बस डडेल्धुराको उग्रतारा मन्दिरमा बिहीबार जात्रामा सहभागी भएर फर्कंदै गरको अवस्थामा दुर्घटना भएको हो । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।