२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : तलब लिनु भएको छ, भत्ता लिने सोचाइ हटाउनुहोस्

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धी प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्र हरेक दिन रचनात्मक काम सहित एक कदम अघि बढ्नु पर्ने बताएका छन् । ‘हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनु पर्दछ । त्यो काम एक कदम अगाडि बढ्ने हुनु पर्दछ” उनले भने, “सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।”

मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा पनि परिवर्तन गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नीति, बैठक, छलफल, सुझावमा धेरै समय नविताइ काममा प्राथमिकता दिन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् । “आफैं गहन अध्ययन गर्नुहोस् । अवधारणा बनाउनुहोस । त्यसपछि सुझाव लिनुहोस्” प्रधानमन्त्री ओलीले भने, “सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् । ”

कार्यलय समयमा हुने बैठकको भत्ता नलिन प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिएका छन् । “कार्यलय समयमा गरेको कामको तपाईंले तलब लिनु भएको छ । त्यस कारण भत्ता लिने सोचाइ हटाउनुहोस । मितव्ययी भएर चल्न सिक्नुहोस” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल एयर लाइन्सको वाइवडी जहाज उडाउने तयारी छ कि छैन भनी प्रश्न गरेका छन् । त्यसैगरी नेपाल वायु सेवा निगम घाटामा जानुको कारण बारे पनि प्रधानमन्त्री ओलीले चासो राखेका छन् ।

प्रधानमन्त्री ओलीले वन मन्त्रालयलाई वृक्षरोपणमा मात्र होइन कृषि वन बढाउन आग्रह गरेका छन् । “अनुपत्पादक जातको वृक्षारोपण होइन । उत्पादन दिने खालका फलफूलका विरुवा रोप्न प्रेरित गर्नुहोस्” प्रधानमन्त्री ओलीले भने, “यस्तो गरेमा फलजति जनताको बोटजति सरकारको हुन्छ ।”

सहकारीहरु मार्फत ठुलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त दिदैं प्रधानमन्त्री ओलीले त्यसै अनुसार नेपालमा पनि वृहत उत्पादनमा जोड दिनु पर्ने बताएका छन् । “वृहत मात्रामा कृषि उत्पादन गरौं । जसलाई निर्यात गर्न पनि सजिलो हुन्छ ” प्रधानमन्त्री ओलीले भने, “अहिलेको हाम्रो न्यून उत्पादनले गर्दा बजारमा पु¥याँउदा खर्च पनि नधान्ने स्थिती सृजना भएको हो ।”

उनले कृषि, उद्योग, पर्यटन, सेवाका क्षेत्रलाई आधुनिकिकरण गरेर रोजगारी सृजना गर्नु पर्ने बताएका छन् । संघ, प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई घटाउनु पर्ने बतउँदै यस्ता कुराले कतिपय ठाउँमा कार्यक्रम, योजना र बजेट दोहोरो पर्ने स्थिती रहेकाले त्यस्ता कुरालाई हटाउनु पर्ने उनले बताए ।

आजको समिक्षा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरु खगराज बराल र कृष्ण विसीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए । यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले प्रगति विरण पेश गरेका थिए ।

बाँकी मन्त्रालयहरुको प्रगति समिक्षा बैठक आगामी शनिवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस