२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीमा युवा सहभागिता बढाउनुपर्ने : मन्त्री पौडेल

अ+ अ-

राँझा । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडले नेपालगञ्जमा आज आयोजना गरेको प्रदेशस्तरीय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले भने,’युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन सक्दैन त्यसैले सहकारीको माध्यमबाट युवालाई समेट्नु आवश्यक छ ।’ वस्तुगत सबैखाले सहकारीले युवा सहभागितालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले सहकारीको माध्यमबाट युवालाई स्वदेशमै रोजगारमूलक व्यवसायमा लगाउन सकेमात्रै स्वदेशी अर्थतन्त्र बलियो हुने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डिबी बस्नेतले सहकारीमा युवाको सहभागिता बढाउन प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका २१ जिल्लाका युवालाई नेपालगञ्जमा जम्मा गरेर सहकारी सम्मेलन आयोजना गरिएको बताए ।

दुई सय ५५ बचत तथा ऋण सहकारी संस्थाबाट १४३ पुरुष र ११२ युवाको सहभागिता रहेका सहकारी युवा सम्मेलनमा सहकारीमा युवा सहभागिता र युवा उद्यमशीलता, सहकारी र नेतृत्व विकासका विषयमा छलफल गरेर नेपालगञ्ज घोषणापत्र जारी गरिने सङ्घका केन्द्रीय महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले दशवर्ष अघि २००९ मा गरेको अध्ययन अनुसार सहकारी संस्थामा २० प्रतिशत मात्र युवा सहभागिता रहेको थियो भने नेतृत्व १५ प्रतिशत रहेको थियो ।अहिले यो प्रतिशत अझ घटेको सङ्घका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको भनाइ छ ।

सहकारी युवा सम्मेलनबाट युवा वर्ग सहकारीमा आवद्ध हुन अभिप्रेरित हुने, सरकारलाई सहकारीमैत्री युवा लक्षित कार्यक्रम आयोजनाको लागि नीति निर्माणमा सहयोग पुग्ने, युवा उद्यमशीलता विकासको प्रवद्र्धनमा सहयोग पुग्ने र बचत तथा ऋण सहकारी संस्थामा युवा लक्षित उत्पादन तथा सेवाको विकासको शुरुवात हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस