२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्र रुपान्तरण हुन सकेन : अर्थमन्त्री डा. खतिवडा

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताएका छन् ।

नेपाल समाजशास्त्र सैघको आयोजनामा आज राजधानीमा भएको ‘नेपालको कृषि संरचना : समृद्धिका लागि रचनात्मक परिवर्तन’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कृषिको उत्पादन मूल्य अरु उत्पादनको तुलनामा सदैव कमजोर रहेकाले उत्पादन लागत घटाउन मूल्य समायोजन महत्वपूर्ण हुने उल्लेख गरे ।

विभिन्न क्षेत्रबाट भएका अध्ययन अनुसन्धानका निष्कर्षसमेत किसानको घरदैलोमा पुग्न नसकेको औँल्याउँदै उनले कृषिलाई आधुनिकीकरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।’प्रविधि हाम्रो प्रयोगशालामा सीमित छन्, नार्क, नाष्ट, विश्वविद्यालयको अध्ययन, हामो वरिपरि घुमेका छन्, किसानको दैलोमा पुग्न सकेन, अब त्यसतर्फ ध्यान जानुपर्छ ।’ अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले भने,’रासायनिक मलमा वार्षिक छ/सात अर्ब अनुदान छ, कृषि ऋणमा ब्याज अनुदान दिइराखेका छौँ, बैंक वित्तीय संस्थालाई अनिवार्य लगानी गर्नुपर्ने बनाइएको छ, भन्सारमा सामान आयातमा छुट छ, कतिपय कृषि प्रविधि निःशुल्क छन्, तर पनि कृषि पूर्ण रुपान्तरण भएको छैन, त्यसैले प्रविधिको भूमिका आजको समयमा महत्वपूर्ण हुन्छ ।’ विभिन्न कारणले कृषियोग्य जमीन घट्दो क्रममा रहेकोमा उनले चिन्ता प्रकट गरे ।

नेपालमा कृषियोग्य जमीन बाँझो छ । कृषिमा काम गर्ने क्रम घट्दो छ । तर पनि सरकारले यो वर्ष ५ प्रतिशतमाथिको कृषि उत्पादनको अपेक्षा गरिरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ । उनले सन्तुलित ढङ्गले वितरण गर्ने हो भने खाद्यान्नमा अहिले पनि मुलुक आत्मनिर्भर रहेको दाबी गरे । आधारभूत रुपमा हेर्दा धेरै कृषिजन्य वन्तुमा आत्मनिर्भर उन्मुख रहेको उनको जिकिर छ ।

देशका २ तिहाइ श्रमिक एक तिहाइ उत्पादन हुने कृषिमा रहेकाले समस्या भएको उनको तर्क थियो । अब यो अनुपातलाई १० वर्षभित्रमा कम्तीमा एक तिहाइमा झारेर अन्य व्यवसायमा सहभागी गराउन जरुरी रहेको उनको भनाइ छ ।  विगतमा जमीनको स्वामित्व महिलाको भागमा ८ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुग्नु महत्वपूर्ण भएको भन्दै उनले समाजशास्त्रीय दृष्टिकोषबाट हेर्दा महिलालाई समाजमा हेर्ने दृष्टिकोण, विवाहमा देखिएको समस्या, घरायसी जिम्मेवारीलगायतका विषयमा परिवर्तन गर्न नसके रुपान्तरण गाह्रो रहेको बताए ।

कार्यक्रममा कृषिविज्ञ डा कैलाशनाथ प्याकुरेलले भूमि सुधार र कृषिसम्बन्धी नीति तथा कार्यक्रमबारे समाजशास्त्रीय रुपमा विष्लेषण गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले समृद्ध नेपाल र सुखी नेपाली भन्ने सरकारी अभियानलाई समेत समाजशास्त्रीय रुपमा चिन्तन हुने बताए ।

कार्यक्रममा भूमि तथा कृषि, कृषि क्षेत्रमा लैङ्गिक अवधारणा तथा खाद्य सुरक्षाका बारेमा डा.पूर्ण सुवेदी, डा. विष्णु उप्रेती, डा. युवराज लुइँटेल र यमुना घलेले प्रस्तुत गरेका कार्यपत्रमाथि छलफल भएको थियो । नेपाल समाजशास्त्र सङ्घका अध्यक्ष प्राध्यापक डा गणेशमान गुरुङले सरकारलाई आँखा देखाउने काम समाजशास्त्रीको भएको बताउँदै छलफलबाट आएको निष्कर्ष सरकारलाई बुझाउने जानकारी दिए ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रतिनिधि रामहरि तिमिल्सिना, एक्सनएडकी निर्देशक सुजिता माथेमा, समाजशास्त्री विद्या भट्टराईलगायतले भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस