२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान सबैको भावना अनुरूप छ : सभापति देउवा

अ+ अ-

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताए ।

विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उनले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताए ।

जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मथलो विराटनगरमा काङ्ग्रेसभित्र गुटउपगुट नरहने उद्घोष गर्दै सभापति देउवाले पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको औंल्याए ।

उनले निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको बताए। सभापति देउवाले सरकारले स्वतन्त्र न्यायालय र सुरक्षा निकायमा हस्तक्षेप गर्न नहुने धारणा राखे। उनले पार्टीभित्रको कमजोरीलाई सुधार्दै अघि बढ्न पार्टीका जिम्मेवार पदाधिकारीलाई आग्रह गरे।

पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई समयानुकूल अघि बढाउन विधान संशोधनको विकल्प नरहेको धारणा राखे । केन्द्रीय सदस्यद्वय डा. ज्ञानेन्द्र कार्की र डिला सङ्ग्रौलाले सरकारलाई सही मार्गमा ल्याउन काङ्ग्रेसको भूमिका बढाउनुपर्ने विचार व्यक्त गरे।

राष्ट्रिय राजनीतिमा काङ्ग्रेसलाई कसरी डो¥याउने, आर्थिक र राजनीतिक रणनीति के हुने र पार्टीलाई समयसापेक्ष बनाउन विधानमा हुने संशोधनका विषयबारे सुझाव लिने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा प्रदेश नं १ का पार्टी सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस