२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा भेटिए

अ+ अ-

गोरखा । गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् ।

गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिए । उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने अहिले विश्वमै लोपोन्मुख अवस्था रहेको श्रेष्ठले बताए ।

गएको वैशाखदेखि कात्तिकसम्म गरिएको अनुसन्धानका क्रममा नेपालमै लोपोन्मुख अवस्था रहेको पौरी बाँज र सानो बैडाइ प्रजातिका चरा पनि भेटिएका हुन् । ‘हामीले गरेको अध्ययनका क्रममा गोरखाको एउटै सामुदायिक वनमा नेपालमा हालसम्म भेटिएका ८८६ प्रजातिका चरामध्ये ९९ प्रजातिको भेटिएका छन्,’श्रेष्ठले भने,’चराचुरुङ्गीको अध्ययन र अवलोकनका लागि गोरखा सम्भावना बोकेको ठाउँ रहेछ ।’

अध्ययनका क्रममा नेपालमा मात्र पाइने काँडे भ्याकुर प्रजातीको चरा पनि सोही जङ्गलमा भेटिएको उनले जानकारी दिए । अनुसन्धानकर्ता श्रेष्ठले म्याकिनल लिस्टिङ विधिबाट चराको अध्ययन गरेका थिए । चन्द्र गुरुङ फाउण्डेसनको सहयोगमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अध्यनरत स्नातक चौंथो वर्षमा अध्यनरत श्रेष्ठ नेतृत्वको टोलीले सात महीनासम्म लुदी दामगाडे सामुदायिक वनमा चरा सम्बन्धी अध्ययन गरेको हो ।

करीब ३०० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा रहेका चरा संरक्षण गर्न सके वातावरण संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । श्रेष्ठले जलवायु परिवर्तनका कारण विभिन्न दुर्लभ प्रजातिका चरा लोप हुँदै गएको भन्दै त्यसको संरक्षणका लागि सबैले चासो दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस