२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महीनादेखि सचिवविहीन वडा

अ+ अ-

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका अधिकांश वडा एक महीनादेखि सचिवविहीन छन् । वडामा सचिव नहुँदा स्थानीयवासीले सास्ती पाएका छन् । तेर्ह वटा वडा रहेको सुनवलमा नौ वटा वडा सचिवविहीन हुँदा स्थानीयवासी नगरपालिका कार्यालयमै पुगेर सेवा लिन बाध्य भएका छन् ।

गत असोज २८ गते नगरपालिका प्रशासनले सबै वडाका सचिवलाई एकैपटक सरुवा गरेको थियो तर ती वडाका वडाध्यक्षले प्रशासनले एकलौटीरूपमा सरुवा गरेको भन्दै वडा नं ३, ४, ६ र ११ बाहेक अन्य वडामा सचिवलाई हाजिर गर्न दिएका छैनन् ।

वडाध्यक्षलाई बेवास्ता गरी सचिव सरुवा गरिएकाले आफूहरुले विमति जनाएको वडा नं १३ का वडाध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । एकैपटक सचिव सरुवा गर्दा बजेट कार्यान्वयन, विकास निर्माण तथा राजश्व सङ्कलनमा प्रभाव परेको उनको दाबी थियो ।

नगरका २१ जना कार्यपालिका सदस्यमध्ये १८ ले सरुवा सच्याउन आग्रह गर्दै प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई लिखित अनुरोध गर्दा पनि सुनुवाइ नगरिएको वडा नं १० का वडाध्यक्ष शेषकान्त अधिकारीको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गर्दै आफूले वडासचिवको सरुवा गरेको बताए ।

कर्मचारीको कार्यक्षमता, योग्यता र अनुभवको आधारमा सरुवा गरिएको भन्दै उनले कुनै पनि वडासचिवले सरुवामा विमति नजनाएकाले वडाध्यक्षले आफू अनुकूलको सचिव नपाएर विरोध गर्नुको तुक नभएको बताए। नगरको प्रशासन र कर्मचारी व्यवस्थापनको अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई भएकाले यो विषय कार्यपालिकाको कार्यसूची बन्न नसक्ने उनले बताए।

वडामा सचिव नभएर सेवाप्रवाह अवरोध भएपछि व्यक्तिगत घटना दर्ता, सिफारिशलगायतका काम अहिले आफूले नगरपालिकाबाटै गर्दै आएको श्रेष्ठले जानकारी दिए । वडामा हाजिर गर्न नपाएपछि सचिवहरूले नगरपालिकामै हाजिर गर्दै आएका छन् । नगरपालिका प्रमुख भीमबहादुर थापाले वडासचिवको सरुवा बारे आफूलाई आधिकारिक जानकारी नभएको बताए । रासस