शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह


३ मंसिर २०७५, सोमबार


बर्दिबास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमुलक शिक्षा आजको आवश्यकता रहेको बताए ।

महोत्तरीको बर्दिवास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षालाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडेमात्र मुलुकको विकासले गति लिने बताए ।

मन्त्री पोखरेलले बर्दिवास नगरवासीलाइ प्राविधिक शिक्षाको पठनपाठनको व्यवस्थापनमा जुट्न अपिल गरेका छन् । मुलुकमा शिक्षाको मात्रात्मक विकास मात्रै भएको उल्लेख गर्दै मन्त्री पोखरेलले अब गुणात्मक शिक्षातर्फ अग्रसर हुन आग्रह गरेका हुन् । र श्रमलाई सीप, सीपलाई शिक्षा र प्रविधिसँग जोडे मात्र मुलुकमा समृद्धि आउने मन्त्री पोखरेलको भनाइ छ ।

उनले सामुदायिक विद्यालयको खस्किएको अवस्था उकास्न स्थानीयको पहलकदमी बढ्नुपर्ने बताए । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना नगरे अब स्थानीय तह पनि कारवाहीको भागिदार हुने उनले स्पष्ट पारे ।

नयाँ सञ्चालनमा आएको बर्दिवास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयले प्रदेश नं २ कै प्रतिनिधित्व गर्ने र दक्षजनशक्ति उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस