तीन महिनाभित्र तल्लो तहसम्म एकता भइसक्छ : प्रचण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीन महिनाभित्र तल्लो तहसम्म एकता भइसक्छ : प्रचण्ड


३ मंसिर २०७५, सोमबार


दोलखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिनाभित्र पार्टीको तल्लो तहसम्म एकता गरिसक्ने बताएका छन्।

दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले आइतबार आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनमा उनले प्राविधिक कारणले पार्टी एकताको कार्य ढिलाइ भएको बताए।

‘दुई जना अध्यक्षसहित मङ्सिर ६ गते सचिवालय बैठक बस्ने, प्रदेश कमिटी टुङ्ग्याउने, केन्द्रीय समितिका कार्य विभाजनको प्रस्ताव टुङ्ग्याउने र जिल्ला कमिटीका पदाधिकारी टुङ्ग्याउने ढङ्गले जाने तयारी भएको छ’ दाहालले भने।

पार्टी एकतामा कुनै विवाद नभएको स्पष्ट पार्दै उनले भने, ‘तपाईंहरूलाई नेतामा विवाद भएर, अन्तरविरोध परेर पार्टी एकता नटुङ्गिएको हो कि भन्ने लागेको हुन सक्छ। तर, कमिटी बनाउन विवाद, झमेला भएर ढिलाइ भएको होइन।’ उनले जनमानसमा सरकारको केही आलोचना भए पनि सरकारले लोकप्रिय कार्य गरेको दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस