बलात्कारका आरोपित पक्राउ « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

बलात्कारका आरोपित पक्राउ


३ मंसिर २०७५, सोमबार


पक्राउ

सप्तरी । सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ ।

छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितले बताइन् । पीडितकी आमाले बिहीबार दिएको उजुरीपछि सोही दिन पीडितको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

आरोपितलाई शनिबार पक्राउ गरी आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलमणि भट्टराईले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस