अवैध सुनसहित विमानस्थलबाट तीन पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अवैध सुनसहित विमानस्थलबाट तीन पक्राउ


२९ कार्तिक २०७५, बिहिबार


पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ९९ ग्रामको सुनको सिक्रिसहित तीनजान पक्राउ परेका छन् ।

बझाङ बुङगल नगरपालिका – ७ बस्ने २५ वर्षीय  नरेश बोहोरासहित तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न मुलुकबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ एरियामा उक्त सुन अवैध रुपमा संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसबारे थप अनुसनधान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस