शीतलहर र हुस्सुका कारण हवाई उडान अवरुद्ध « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

शीतलहर र हुस्सुका कारण हवाई उडान अवरुद्ध


२९ कार्तिक २०७५, बिहिबार


बाँके । आज बिहानैदेखि भएको शीतलहर र हुस्सुका कारण हवाई उडान हुन सकेको छैन । नेपालगञ्ज बाट हुने उडान हुन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकेमा आज बिहान ५० मिटर मात्र भिजिविलिटी रहेकोले साना ठूला कुनै पनि उडान हुन सकेका छनन् । साना जहाजको लागि १ हजार ६ सय देखि दुई हजार सम्म र ठूला जहाजको लागि दुई हजार भन्दा माथि भिजिविलिटी हुनुपर्ने विभागले जनाएको छ ।

मौसम विभागका अनुसार ‘अहिले नेपालगञ्जको अधिकतम तापक्रम १६ न्यूनतम तापक्रम १३.५ छ, मौसममा सुधार आए पनि अहिलेसम्म पुरै आकाश खुलेको छैन । यो क्रम केही दिनसम्म रहने सम्भावना छ ।’

नेपालगञ्ज विमानस्थलबाट बिहान कर्णालीका डोल्पा, हुम्ला मुगु र काठमाडौंका लागि उडान हुने गर्दछ । मौसममा सुधार आउनासाथ उडान गर्ने तयारी भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस