चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ


२६ कार्तिक २०७५, सोमबार


काठमाडौं । चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने एक पक्राउ परेका छन् ।

खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका -१० माउण्ट कैलाशडाँडा कपन डेरा गरी बस्ने ४० वर्षीय सुबास राईलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै कोठामा ३५ वर्षीया श्रीमती प्रमिला राईलाई सामान्य विवादमा सुबासले चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चावहिल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस