महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वडासचिव पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वडासचिव पक्राउ


२६ कार्तिक २०७५, सोमबार


pakrau

बुटवल । महिलामाथि दुर्व्यवहार गरेको आरापमा वडासचिव पक्राउ परेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका – ५ का वडासचिव टीकाराम आचार्य महिलालाई बोक्सी भनी कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

तिलोत्तमा -४ घर भएका वडासचिव र उनको परिवार मिलेर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेको थियो । उजुरी पछि आचार्यसँगै उनकी छोरी र श्रीमतीलाई  प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बुटबलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस