२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु, अफ्रिकाको ३२१ रनको लक्ष्य

अ+ अ-

ढाका । बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ ।

बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् । यसअघि गत साता सिल्हेटमा भएको पहिलो टेस्टमा जिम्बाबेले बंगलादेशलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

बंगलादेशले दोस्रो टेस्टका लागि तीन जना खेलाडी परिवर्तन गरेको छ । बंगलादेशी टिममा कप्तान रियाद सहित लिटोन दास, इमरुल कायेस, मोमिनुल हक, मोहम्मद मिथुन, मुस्ताफिजुर रहिम, अरिफुल हक, मेहिदी हसन, ताइजुल इस्लाम, खालिम अहमद र मुस्ताफिजुर रहमान रहेका छन् ।

जिम्बाबेका तर्फबाट कप्तान ह्यामिल्टन मासाकाड्जा, ब्रायन चारी, ब्रेन्डन टेलर, सिन विलियम्स, सिकन्दर रजा, पिटर मूर, रेजिस चाकाबभा, ब्रेन्डोन माभुता, डोनाल्ड टिरिपानो, काइल जार्भिस र टेन्डाई चतारा रहेका छन् ।

पहिले ब्याटिङ गरिरहेको बंगलादेशले ५५ ओभरमा तीन विकेट गुमाएर १९४ रन बनाएको छ । बंगलादेशका लागि मोमिनुल हक अविजित १०४ रन बनाएर क्रिजमा छन् ।

अस्ट्रेलिया–दक्षिण अफ्रिका एक दिवसीय

अस्ट्रेलियाको होबार्टमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै अस्ट्रेलियासामु जितका लागि ३२१ रनको विशाल लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले व्यक्तिगत १२५ रन र डेभिड मिलरले १३९ रनको योगदान गरेका थिए ।

अहिले ब्याटिङ गरिरहेको अस्ट्रेलियाले ११ ओभरमा तीन विकेटको क्षतिमा ४० रन मात्र बनाएको छ । खेल जारी छ । यसअघिका दुईवटा एकदिवसीय खेलमा दुवैले एकएक खेल जितेका छन् । रासस