ग्यास बुलेट पल्टिँदा आमाछोरीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ग्यास बुलेट पल्टिँदा आमाछोरीको मृत्यु


२५ कार्तिक २०७५, आइतबार


बस दुर्घटना

काठमाडौं । धादिङको बेनीघाटमा ग्यास बुलेट पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बेनिघाट रोराङ गाउँपालिका– ५, बिशालटारमा भारतीय ग्यास बुलेट पल्टेर आगलागी हुँदा वडा सदस्य गीता नेपाली र उनकी छोरी सुनिता नेपालीको मृत्यु भएको हो।

बाराबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट अनियन्त्रित भइ दुर्घटना हुन पुगेको हो ।

दुर्घटनामा घाइतेको स्थानीय प्राथमिक उपचार केन्द्रमा उपचार पछि घर फर्कीसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस