अज्ञात समुहद्धारा छड प्रहार गरी एकको हत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अज्ञात समुहद्धारा छड प्रहार गरी एकको हत्या


प्रशासन संवाददाता

२२ कार्तिक २०७५, बिहिबार


हेटौँडा ।  हेटौँड उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ ।

गए राति हेटौँड उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस