हाम्रो देश हामीले नै बनाउने हो भन्ने कुरा आत्मसात् गर्न प्रधानमन्त्रीको आग्रह (भिडियोसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हाम्रो देश हामीले नै बनाउने हो भन्ने कुरा आत्मसात् गर्न प्रधानमन्त्रीको आग्रह (भिडियोसहित)


२२ कार्तिक २०७५, बिहिबार


शंखधर साख्वा

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीले हाम्रो देश हामीले नै बनाउने हो भन्ने कुरा आत्मसात् गर्न आग्रह गरेका छन् ।

नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरूको सु स्वास्थ्य, सुख, संवृद्धि र प्रगतिको निम्ति शुभकामना भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष हासिल गर्न आ–आफ्नो क्षमताअनुसार योगदान पुर्‍याउन हरेक नेपालीलाई थप प्रेरणा मिलोस् ओलीले भनेका छन् हाम्रो देश हामीले नै बनाउने हो भन्ने कुरा आत्मसात् गर्न सबैलाई आग्रह गर्दै तिहारको शुभकामना व्यक्त गर्दछु ।

पछौटेपन, अविकास र गरिबीको दुस्चक्रलाई तोड्दै अबका चार वर्षमा नेपाललाई अल्प विकसित अवस्थाबाट स्तरोन्नत गर्ने दृढ संकल्प गरेको ओलीले बताएका छन् । सन् २०३० सम्ममा दिगो विकासका सबै लक्ष्यहरू हासिल गरी छाड्ने छौँ उनले भनेका छन् ।

अबको सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु आर्थिक संवृद्धि नै हुने र आर्थिक विकासको गतिलाई अव असाधारण तीव्रता दिइने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले सरकारी कामकाजमा मितव्ययीता अपनाउँदै फजुल खर्चमा व्यापक कटौती गरेको बताएका छन् । हरेक नेपालीको मुहारमा खुसी ल्याउन सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन् –केही समयअघि मात्रै मेरो अध्यक्षतामा उद्यमी व्यवसायीहरू सम्मिलित उद्योग, वाणिज्य प्रवर्द्धन सम्वाद परिषद् गठन गरिएको छ ।

दुवै छिमेकीहरूसँगको सम्बन्ध सन्तुलित मात्रै होइन, झन् प्रगाढ बन्दै गइरहेको र, सिङ्गै अन्तर्राष्ट्रिय सम्बन्धमा व्यापक सुधार र प्रगति भइरहेको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस