२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचार खर्च नहुँदा ओछ्यानमै रुन्छन् चन्द्रबहादुर दर्जी

अ+ अ-

गलेश्वर । सानैमा दायाँ हात र खुट्टाले काम नगरेपछि म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुङकोट फापरखेतका चन्द्रबहादुर दर्जी बायाँ हात र बायाँ खुट्टाको भरमा सकीनसकी ज्याला मजदूरी गरे । त्यसैको आम्दानीले आफूसहित परिवारको गुजारा चलाउने गरे ।

बिडम्वना केही दिनअघि पशु स्याहार गर्ने क्रममा गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि दर्जीको विचल्ली भएको छ । उपचारको त कुरै छोडौँ । हात जचाउनका लागि अस्पतालसम्म जाने पैसा छैन । उपचार खर्च नहुँदा दर्जी ओछ्यानमा रुँदै सहयोगदाताको खोजीमा रहेका छन्।

अविवाहित ५३ वर्षीय दर्जी अहिले कसैले पस्केर थालमा हालिदिएको खाना पनि खान सक्ने अवस्थामा छ्रनन् । उनकोे अवस्था अत्यन्त टिठ लाग्दो रहेको बेनपा–२ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेलले जानकारी दिए । पौडेलका अनुसार गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि दर्जी ज्याला मजदूरी गर्न सक्ने अवस्थामा छैनन् । खर्चको अभाव हुनाले उपचार गर्न नसकेको र एकचोटि राम्रोसँग अस्पतालमा जँचाउन जान नसकेको दर्जीको गुनासो रहेको छ । उपचार गर्न, जानआउन, खान, बस्न र आराम गर्दासम्म आवश्यक पर्ने रकमसम्म जुटाउन सकेमा दर्जीको उद्धारका लागि केही राहत हुने स्थानीयवासीले बताएका छन् ।

तिहारको रमझममा गरिने अतिरिक्त खर्च कटाएर दर्जीको उपचारका लागि सहयोग गर्न स्थानीय बुद्धिजीवी भवीन्द्र कुवँर (भवभिन्न) ले सहयोग गरेका छन् । “रङ्गरमिता निम्ति खर्च गर्ने अतिरिक्त रकमको सानो अंश भए पनि मानवसेवा र उद्धारमा लगाउनुहुन सम्पूर्ण सहयोगी, जिम्मेवार एवं समाजसेवी महानुभावमा हार्दिक अनुरोध छ”, कुवँरले भने । रासस

प्रतिक्रिया दिनुहोस