आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिँदै


प्रशासन विशेष ब्युरो

२१ कार्तिक २०७५, बुधबार


लक्ष्मी पूजा

काठमाडौं । हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार)को तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ ।

आज साँझ घरमा बत्ती नबाले लक्ष्मीको बास हुँदैन भन्ने मान्यता छ । त्यसकारण घरको चारैतिर सफा गरी दैलो, झ्याल, ढोका, कौशी, भ¥याङ लगायतका ठाउँमा बत्ती बाल्ने गरिन्छ ।

लक्ष्मी पूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । यस दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने पनि चलन छ । लक्ष्मी पूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल÷अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने मान्यता छ ।

आजको साँझ आँगनमा विभिन्न प्रकारका रंगोली बनाउने चलन पनि छ । आजको राती देवी लक्ष्मी पृथ्वी लोकमा आउने र आशिष दिएर जाने मान्यता पनि छ ।

त्यसैले आज घरअगाडिको तूलसीको मठ वा आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रंगीन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ । यिनै पाइलाका छापअनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश छ ।

Tags :
प्रतिक्रिया दिनुहोस