वीरेन्द्रनगरबाट चौध जुवाडे पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वीरेन्द्रनगरबाट चौध जुवाडे पक्राउ


२० कार्तिक २०७५, मंगलबार


पक्राउ

सुर्खेत । प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक अपराधसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँबस्ती र टोलटोलमा सञ्चालन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस