२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोजरले खोसियो स्थानीयवासीको रोजगारी

अ+ अ-

जाजरकोट । बारेकोट गाउँपालिका वन्डालाका रामबहादुर कुमाई तिहार मनाएर भारत जाने तयारीमा छन् । उनीसँगै गाउँका अन्य बासिन्दा पनि बाटो खर्च र तिहार मनाउने रकमको जोहो गरेर भारत जाने तयारीमा छन् । भारत गएर कमाइ गर्नु उनीहरुको रहर नभई बाध्यता बनेको छ ।

फलामको काम गर्दै आएका सुपुखोलाका धनबहादुर कामी पनि फलामको काम सकेपछि खाली नै बस्ने गरेको बताउँछन् । काम नभएका आफ्ना छोराहरू खेलेरै दिन कटाउने गरेको उनको गुनासो छ । घर नजीकै सडक निर्माण भइरहेको छ तर काम नपाएर भौँतारिरहेका यहाँका युवा समय कसरी बिताउने भन्दै हिँड्ने गरेका छन् । अहिले लैखमदेखि सेपुखोलासम्म सडक निर्माणको काम भइरहे पनि यहाँका युवाले काम नपाउँदा भौतारिरहनुपरेको हो । उनीहरूले काम भएर नगरेका होइनन् काम नै गर्न नदिएपछि कसरी काम गर्नु सक्लाका कालीबहादुर नेपालीको गुनासो छ । सडकको काम डोजर र स्काभेटरले गर्छ, एउटै वडामा चारभन्दा बढी डोजर सडक निर्माणमा प्रयोग भएका छन् हामीले कसरी काम पाउनु उनकोे प्रश्न छ ।

जनप्रतिनिधिले आफू अनुकूलका व्यक्तिलाई सडकको ठेक्का दिँदा आफूहरूले काम नपाएको कालीबहादुरको आरोप छ । अघिल्लो वर्ष पनि काम पाइएन र यो वर्ष पनि डोजरद्वारा काम शुरु भइसक्यो हामीले कसरी काम पाउने उनी भन्छन् । सडक निर्माणको काम धमाधम भइरहेको छ तर स्थानीयवासी कामको खोजीमा भारत पलायन हुँदैछन्, यो रहर नभई बाध्यता भएको लैखमका जयबहादुर खत्री बताउँछन् । भोट माग्न आउँदा नेताहरूले रोजगारी सिर्जना गर्छौैं भने तर अहिले सडकको कामसमेत गर्न दिएका छैनन् बारेकोट काउलीका प्रेमबहादुर वुढा भन्छन् ।

त्यस्तै जिल्लाको अन्य ठाउँमा समेत डोजरकै प्रयोगले गर्दा स्थानीयवासीको रोजगारी खोसिएको पत्रकार राजेन्द्र कार्कीको भनाइ छ । सस्तो रकममा खन्ने व्यक्तिलाई काम गर्न नदिएर महँगोमा जसले खन्छ, उसैलाई ठेक्का दिने गरिएको स्थानीयवासीको आरोप छ । गाउँगाउँमा खनिएका सडक वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै खनिएका छन् । यसरी जथाभावी खनिएका सडकले जिल्लाका अधिकांश भागमा पहिरो गएर छियाछिया भएका छन् । जमीन कमजोर हुँदा बर्खायाममा जनधनको क्षति भएको अहिलेको वर्षाले देखाइसकेको नलगाड नगरपालिका–४ का हर्कबहादुर पुन बताउँछन् ।

बर्सेनि सडक खन्दै र बर्खायाममा पुर्दै गर्दा करोडौँ रकम एकै ठाउँमा खन्याउनुपर्ने बाध्यता भएकोे उनको भनाइ छ । एक पटक डोजरले बनाएको सडकमा बर्सेनी बजेट खर्चेर पुनः खन्दा भारी रकम खर्च भएको तर स्थानीयवासीले सहज यात्रा गर्न नपाएको पुनकोे गुनासो छ । स्थानीय तहले करका नाममा धेरै रकम असुल गर्छन् तर सेवा दिँदैनन् अनि हामी किन कर तिर्ने भन्दै जनता आक्रोशित हुँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस