२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य संस्थानको चामल बिक्री हुन सकेन

अ+ अ-

धनगढी । खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो ।

सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्यालयका कर्मचारी परे रावलले जानकारी दिए । “बजारमा सस्तोमा चामल पाउँदा संस्थानको चामल बिक्री हुन सकेको छैन,” उनले भने । बजारमा मोटो चामल प्रतिकिलो रु ३८ मा बिक्री भइरहेको छ भने संस्थानले रु ३९ तोकेको छ । संस्थानले सोना मन्सुली चामल प्रतिकिलो रु ४८ तथा जिरा मसिनो चामल रु ६२ बिक्री गरिरहेको छ ।

बङ्गलादेशी चामल बिक्री भएन

विसं २०७२ मा गएको भूकम्पपछि पीडितको सहयोगका लागि भन्दै बङ्गलादेश सरकारले नेपाललाई उपलब्ध गराएको बङ्गलादेशी उसिना चामल बिक्री हुन सकेको छैन । झापाको बिर्तामोडस्थित खाद्य संस्थानको कार्यालयबाट उक्त चामल धनगढीको खाद्य संस्थान हुँदै बाजुरामा आपूर्ति गरिएको थियो । बिक्री हुन नसक्दा कोल्टी डिपोमा सो चामल एक हजार क्विन्टल मौज्दात रहेको डिपोका प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए ।

“बङ्गलादेशी चामल बिक्री हुन नसक्दा तीन वर्षमा तीन पटक बिक्री मूल्य घटाउनु परेको छ,” उनले भने । शुरुआतमा उक्त चामलको मूल्य प्रतिकिलो रु ४१, त्यसपछि रु ३९ तोकिएकामा हाल बिक्री मूल्य रु ३२ तोकिएको छ ।

यसैबीच नेपाल खाद्य संस्थान धनगढीले यस वर्ष नयाँ धान खरीदको व्यवस्था नगर्दा धानको उचित मूल्य पाउन नसकेको किसानले गुनासो गरेका छन् । संस्थानले धान खरीदको व्यवस्था गर्न सक्दा व्यापारीको मूल्यमा एकाधिकार रहेका कारण समस्यामा परेको किसानले बताएका छन् । खाद्य संस्थान धनगढी कार्यालयका प्रमुख प्रेमनारायण भण्डारीले नयाँ धान खरीदको व्यवस्था यथाशीघ्र गर्नका लागि संस्थानको केन्द्रीय कार्यालयसँग निरन्तर समन्वय भइरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस