२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार

अ+ अ-

वासिङ्टन डिसी । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ । सो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निर्क्यौल गर्नेछ ।

सोही निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक आठ बाट नेपाली मूलका हयारी भण्डारीले हाउस अफ डेलिगेटसमा डेमोक्र्याट पार्टीकोतर्फबाट उम्मेदवारी दिएका छन् । भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए । यसरी प्राइमेरी निर्वाचनमा विजयी भएर एक तहको निर्वाचन पार गर्ने भण्डारी पहिलो व्यक्ति हुन् ।

सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेटसमा निर्वाचित हुन्छन् । डेमोक्र्याट पार्टीको राम्रो पकड भएको उक्त स्थानमा मतदाता निकै जागरुक भएकाले यसलाई स्विङ डिष्ट्रिक अर्थात् जुनकुनैमा पनि मत जानसक्ने डिष्ट्रिकका रुपमा लिइन्छ ।

भण्डारीले भने, “हामीहरुको अवस्था राम्रै रहेको छ, मतदाताले कसरी हाम्रो उपस्थितिलाई स्वीकार गर्छन् भन्ने नोभेम्बर ६ तारिखपछि भन्न सकिन्छ ।” प्रचारप्रसारका विषयमा उनले भने, “हाम्रो डिस्ट्रिकमा ८० हजार मतदाता रहेका छन्, सबैखाले प्रचारप्रसारमा पनि राम्रै गरेका छौँ ।”

न्यूहयाम्सायरबाट डेमोक्र्याट पार्टीकोतर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिनुभएकी मदलसा गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको मानिन्छ । उता प्रदीप ढकालको उम्मेदवारी कुनै दलगत नभई केबल स्थानीयस्तरको एकाइको पद हो । उनले उम्मेदवारी दिएको पद ६ का लागि १० जनाको उम्मेदवारी परेको छ भने पाँच जना यस अगाडि निर्वाचित भइसकेका काउन्सिल सदस्य हुन् । यसरी हेर्दा आगामी नोभेम्बर ६ मा खास प्रतिस्पर्धामा हयारी भण्डारी मात्र रहेका छन् ।

भण्डारी जिताउनका लागि स्वयंसेवी बनेका डा. श्याम कार्कीले भने, “हयारीको जितले नेपालीलाई अमेरिकाको राजनीतिमा समाहित गराउने ढोका खोल्नेछ ।” यसैगरी भण्डारी उम्मेदवार बनेका क्षेत्रमा बसोबास गर्ने अर्जुन हमालले भने, “भण्डारी अहिले यो क्षेत्रमा एक उदयीमान नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् त्यसैले उनलाई प्राइमेरी निर्वाचनमा चर्चित पत्रिका बाल्टीमोर सनले पनि इण्डोर्स गरेको छ ।”

मेरिल्याण्डमा काम गर्ने तरुण पौडेलले पनि भण्डारीको पकड र आधार मजबुद भएको बताए । करीब २०० नेपालीको घर यही डिस्ट्रिकमा भएकोले पनि उनलाई यार्ड साइनमा र मतदानमा सहयोग पुग्ने बताइएको छ । नेपाली तथा भूटानी मूलका करीब ३०० को हाराहारीको मत रहेको आँकलन पौडेल गर्छन्।अमेरिकामा आगामी नोभेम्बर ६ मा हुने निर्वाचनले नेपाली उम्मेदवारको उपस्थिति अनुमोदन हुन्छ की हुँदैन भन्ने भण्डारीको जित हारले सुनिश्चित गर्नेछ । रासस