मलेसियाका मन्त्री पशुपतिमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मलेसियाका मन्त्री पशुपतिमा


१२ कार्तिक २०७५, सोमबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।

करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहनुभएका उनले पशुपतिनाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरेका थिए ।

मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए । सो अवसरमा कोषले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग आग्रह गरेको थियो ।

सो क्रममा आफूले १० वर्ष अघि नौ दिन नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री कुलाशेगरानले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने बताएको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए । मन्त्री कुलाशेगरान नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौं आएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस