रेडपाण्डाको छालासहित पक्राउ « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

रेडपाण्डाको छालासहित पक्राउ


११ कार्तिक २०७५, आइतबार


बाँके । रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ ।

प्रदेश नं. ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस