वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


९ कार्तिक २०७५, शुक्रबार


अख्तियार

काठमाडौं । वैदेशिक रोजगार विभागका २५ कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार विभागका २५ जना कर्मचारी र २ विचौलियासहित २७ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रोजगारीका लागि कुवेत जान चाहने १८४ जना महिलालाई विना भिसा नै श्रम स्वीकृति दिएको पाइएको अख्तियारका प्रवक्ता मदन कोइरालाले जनाएको छ ।

श्रमस्वीकृति गर्ने गराउने कार्यमा संलग्न विभागका शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपकुमार आचार्य, गणेश विक्रम शाह, पवित्रा श्रेष्ठ, दिनेश कुमार राई रामप्रसाद ओली रहेका छन्

त्यस्तै नायव सुव्बाहरु अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, रविन्द्र घिमिरे, रघुनाथ के.सी.,योगेन्द्र खत्री, र केशवराज ढुंगानालाई पनि प्रतिवादी बनाइएको छ ।

कम्प्युटर अपरेटरहरु चक्रबहादुर पराजुली, अमर महरा, डम्बर बहादुर विश्वकर्मा, राजकुमार शाही र धनवीरसिंह भाटविरुद्ध पनि आरोप पत्र दायर गरिएको छ ।

यस्तै गलत कागजात बनाएर श्रम स्वीकृति दिलाउन भूमिका खेल्ने बिचौलियाहरु राजिवकुमार पञ्जियार र विकास थापालाई पनि सहयोगी मतियारको रुपमा मुद्दा दायर गरिएको छ । उनीहरुले व्यक्तिगत स्वार्थका लागि मानवीय सुुरक्षाको समेत ख्याल नगरी गलत कागजात बनाएर वैदेशिक रोजगार ऐन, २०६४ विपरीत काम गरेको अख्तियारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस